साप्ताहिक संवाददाता
आश्विन २८, २०७६
तरकारीवालीको रुपमा भाइरल गर्ल कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक भिडियोमा कुसुमले आरएल मोक्तानसँग रोमान्स गरेकी छन् ।
भिडियोमा प्रेम गर्ने मायालुले आफ्नो मायालाई छोडेर टाढा जाँदैन भन्ने कथा बुनिएको छ । मकवानपुरको सिस्नेरी, कुलेखानी आसपसमा निकै आकर्षक तवरले छायांकन भएको भिडियो आरएल मोक्तनलेनै निर्देशन गरेका हुन् ।
लोक शैलीमा तयार भएको गीतमा निर्देशक मोक्तानको शब्द, बिकाश चौधरीको संगीत तथा स्वर रहेको छ । गायनमा चौधरीलाई गायिका चन्दा घिसिङको स्वर छ । बिक्रम कार्की टिमको छायांकन रहेको गीत कृष्ण पाण्डेले सम्पादन गरेका हुन् ।
म्यूजिक भिडियो :