साप्ताहिक संवाददाता
आश्विन २८, २०७६
थाइल्याण्ड प्रशिक्षणमा जान लागेको नेपाली राष्ट्रिय भलिबल टोलीको कप्तानी अरुणा शाहीले गर्ने भएकी छन् । अक्टोबर १६ बाट २२ दिनका लागि थाइल्याण्ड जान लागेको टोलीको कप्तानी अरुणाले गर्ने भएकी हुन् ।
नेपाल भलिबल संघले सिनियर खेलाडीका हैसियतले अरुणालाई कप्तानीको जिम्मेवारी दिएको बताएको छ । पूर्वकप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङ प्रारम्भीक छनोटमा समेत नपरेको अवस्थामा सिनियर खेलाडीका रुपमा अरुणाले कप्तानी सम्हाल्ने भएकी हुन् ।
बुधबार थाइल्याण्ड जान लागेको नेपाली टोलीले थाइल्यान्ड बसाइका क्रममो ५ मैत्रीपूर्ण खेलसँगै अभ्यास गर्नेछ ।