साप्ताहिक संवाददाता
अमेरिकाको नेब्रास्काको ओमाहा स्थित ‘द रेलिभेन्ट सेन्टर’मा सम्पन्न भएको मिस नेपाल युएस २०१९ को ग्राण्ड फिनालेमा भर्जिनियाकी सुरभी खनालले विजेताको ताज पहिरिन सफल भएकी छिन् ।
सातौं संस्करणको मिस नेपाल युएस उपाधि विजेतासंगै सुरभीले फोटोजेनिक र ब्युटि विथ्आउट लिमिटको अवार्ड पनि आफ्नो नाममा दर्ता गराएकी थिइन् । प्रतियोगितामा टेक्सासकी रिमा शर्मा फस्ट रनर अप तथा सिकागोकी मेघा रौनियार सेकेन्ड रनर अप चयन भएका थिए ।
मेघाले मिस ट्यालेन्ट अवार्ड पनि जितेकी थिइन् । प्रतियोगितामा ज्याप अधिकारी क्याटवाक तथा सज्जा रावत कन्जिनियालिटी विधामा विजेता चयन भएका थिए । गत अक्टोबर १२ मा संचालन भएको सो प्रतियोगितालाई मिस नेपाल युएस एलएलसीका अनुसार नेब्रास्का नेप्लीज सोसाइटीले आयोजना गरेको थियो ।
कार्यक्रमलाई मिस नेपाल युनिभर्स २०१७ नगमा श्रेष्ठले कोरियोग्राफी एवं संचालन गरेकी थिइन् । कार्यक्रममा गायिका इन्दिरा जोशीको विशेष सांगीतिक प्रस्तुति रहेको थियो ।