साप्ताहिक संवाददाता
नेपालमा हुने गरेका धेरै म्यूजिक अवार्डमा पैसाको बार्गेनिङ हुने गरेको खबर त नौँलो होईन् । तर, पछिल्लो पटक अमेरिकामा आयोजना हुन लागेको एक अवार्डको बदलामा अवार्ड आयोजक मध्येका एकले यौन सम्बन्ध बनाउन चाहेको खबर सार्वजनिक भएको छ । ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९’ अवार्ड वितरण व्यवस्थापक समितिका महासचिव सुमन बुढाले मोडल छिरिङ डोमा शेर्पा ‘जेन्निफर’सँग यौनसम्पर्कका लागि प्रस्ताव गरेका हुन् । शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा बुढाले आफूलाई विभिन्न बहाना बनाएर यौन सम्पर्कका लागि दवाव दिएको बताएकी छिन् ।
उनले आफ्नो फेसबुकमा लेखेकी छिन् ‘म छिरिङ डोमा शेर्पा ‘जेन्निफर’ करीब ४ वर्ष भएछ, मैले कलाकारिता क्षेत्रमा पाइला टेकेको’, उनी अगाडी लेख्छिन् ‘तर आज ममाथि ठूलो बज्रपत खसेको छ ।’ ‘मलाई तपाईंहरूको साथ र सहयोगको खाँचो छ ।’
उनले अझैं अगाडी लेखेकी छिन् ‘करीव ३ महिनादेखि संचालन र डेड हप्तादेखि शुरु भएको वल्र्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९ भोटिङ चलिरहँदा मलाई सोही कम्पनीको माहासचिव साथै कलाकर संघ अमेरिकाको अध्यक्ष जस्तो पदमा बसेको सुमन बुढा मगर नाम गरेको व्यक्तिले बारम्बार इमोश्नल ब्ल्याकमेलिङ गर्ने गरेको र सेक्सुअल ह्यारेसमेन्ट गर्न खोजेको छ ।’
उनी भन्छिन् ‘पहिला त मलाई आनेक थरी लेखेर लोभ देखाउनुभयो । तिमीलाई टप थ्रीमा पुर्याउन सहयोग गर्छु नि भन्नुभयो’ । ‘अनि अहिले बीचमा मलाई हेलिकप्टरमा मनाङ घुम्न जाने । पोखराको होटेलमा हामी दुई बस्न जाऔँ भन्ने जस्ता प्रस्ताव रख्नु भयो ।’ ‘धेरै चोटी प्रस्ताव राख्दा पनि आस्वीकर गरेपछि मलाई चेतावनीको साथ सामाजिक सञ्जलबाट ब्लक गरिदिनु भएछ’, उनले भनेकी छिन्, ‘यतिका दिनदेखि मैले गरेको दु:ख, मेहनत खर्च गरेको छु । समय, पैसा, तपाईंहरूको साथसहयोग सबै पानीमा मिलेको छ’, शेर्पा भन्छिन् ‘अब मैले न्याय खोज्न कहाँ जाने ? यस्तो व्याक्तिलाई के सजाय दिने ?’
यस्ता व्याक्तिलाई ठाउँमा ल्याएर सजाय दिलाउन माग गर्दै उनले लेखेकी छिन् –‘यस्ता कुविचार भएका व्यक्तिलाई सामाजबाट बहिस्कार गरौँ’, उनले भनेकी छिन् ।
मोडल शेर्पालाई बुढाले यौन प्रस्ताव राखेको घटना बाहिर आएपछि ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९’ अवार्ड वितरण व्यवस्थापक समितिका तर्फबाट दावा शेर्पा र सुरज राईले विज्ञप्ति जारी गरेर सुमन बुढालाई संस्थाबाट हटाएको जनाएका छन् । यता आरोपित सुमन बुढाले भने साइबर क्राइमको मुद्दा दायर गरेका छन् ।