साप्ताहिक संवाददाता
आश्विन २९, २०७६
प्रदर्शनरत नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ले चार दिनमा पाँच करोड कलेक्सन गरेको छ । शुक्रबार रिलिज भएको चलचित्रले सोमबारसम्म पाँच करोड कलेक्सन गरेको निर्माता रोहित अधिकारीले बताएका छन् । काठमाडौं भित्र र बाहिरको बक्स अफिस कलेक्सन बराबारी रहेको चलचित्र वितरकको भनाइ छ ।
चलचित्रले १२ करोडसम्म कमाउला भन्ने अपेक्षा गरेका दीपकराज गिरी दर्शकको अनपेक्षित प्रशंसाले निक्कै खुशी देखिन्छन् । उनी चलचित्रको हालको कमाई र दर्शकको प्रशंसा र हालसम्मको बक्स अफिस रिपोर्ट हेर्दा चलचित्रले हालसम्मको सबै रेकर्ड तोड्ने संकेत देखिएको बताउँछन् ।
दीपेन्द्र लामाको निर्देशन तथा कथा रहेको चलचित्रमा पटकथा दीपकराज गिरीले लेखेका हुन् । दीपकसँगै चलचित्रमा केकी अधिकारी, जितु नेपाल, केदार घिमिरेले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।