सोनिकाको रोइलो, ‘हामिलाई कसैले बुझेन’

- साप्ताहिक संवाददाता

आश्विन २९, २०७६

पूर्वयुवराज पारस शाह र युट्युबर सोनिका रोकायको सम्बन्धलाई लिएर यतिबेला मिडिया तात्नुसम्म तातेको छ । सामाजिक सन्जालमा उनीहरुका विषयलाई लिएर अनेक थरिका टिकाटिप्पणी भैरहेको छ ।

दरबारमार्गको एक क्लबमा अगंमाल गरेको तस्बिर, एक होटलमा सोनिकाले बनाएको टिकटक र हालै पोखरामा खिचिएको एउटा भिडियोपछि उनीहरु निकै निकट रहेको चर्चा छ । धेरैले गरेको अनुमान पनि यहि हो । अधिकांशमा एउटै कौतुहलता छ, ‘के  उनीहरु प्रेममा छन् ?’

परिवारबाट बहिष्कारमा परेकी युट्युबर हुन्, सोनिका । केहि समयअघि उनले कान्तिपुर पव्लिकेशन्सका इन्टरटेनमेन्ट जर्नालिस्ट रामजी ज्ञवालीसँग आफुलाई परिवारले निकै घृणा गर्ने गरेको र विदेशमा रहेका दाईले समेत कहिल्यै बहिनीलाई गर्नुपर्ने व्यवहार नगरेको बताएकी थिइन् । आफ्नो लोकप्रियतासँगै परिवारले आफुलाई प्रेम गर्न थालेको ज्ञवालीसँगको भेटमा बताएकी थिइन् । उक्त समयमा सोनिकाले आफु समलिङ्गी भएकाले कोहि युवासँग प्रेममा नरहेको समेत बताएकी थिइन् । उनले दिएको जवाफ ज्ञवालीले ‘कान्तिपुर साप्ताहिक’ मा प्रकाशित समेत गरेका थिए ।

तर, उनी समलिङ्गी भएको खवर गलत थियो । किनभने यसअघी उनको प्रेम चर्चा चल्दै आएको थियो । उनले आफैले निर्देशक सोभित बस्नेतसँगको प्रेममा रहेका बताएकी थिइन् । त्यसपछि दिएको इन्टरभ्युमा आफु समलिङ्गी भएको जवाफ दिएकी थिइन् ।

सोनीका आफुले भनेको कुरा समेत खासै हेक्का राख्दिनन् । के बोलें समेत उनले मतलव नराख्ने गरेका कारण उनी विवादमा पर्दै आएकी हुन् । निकै खटेर काम गरेपनी हेक्का नराखि काम गर्दा उनी विवादमा तानिदै आएकी छिन् ।

लामो समयदेखि पत्नी हिमानीसँग सम्बन्ध विग्रिएपनि पारश शाहको पछिल्लो समय श्रीमतीसँग निकट रहेको बताइएको थियो । तर, ‘नानी देखि लागेको बानी कहिँ नजाने’ जस्तै भएको छ । केटी देखेपछि मरिहत्ते गर्ने पारश पछिल्लो समय सोनिकासँगको सम्बन्धमा चुर्लुम्म डुबेको चर्चा छ ।

उनीहरुको निकटतालाई लिएर सामाजिक सन्जालमा गालीको बर्षा भैरहेको छ । एकथरिले नानाथरिका भिडियो र तस्विर बाहिर ल्याएर पुर्वराजपरिवारको इज्जतमा दाग लगाउन खोजेको सोनीकामाथि आरोप लागेको छ । कतिपयले हिमानी जस्तो सुन्दर श्रीमतीलाई छाडेर विभिन्न युवतीको चक्करमा जालमा परेर आफुलाई बर्बाद हुँदै लगेको भन्दै पारश शाहमाथि गाली लाग्ने गरेको छ ।

पछिल्लो समय जे–जे भैरहेको छ यस विषयमा सोनिकाले भने एउटा उपर्युक्त समय आएपछि छर्लङ्ग पार्ने जवाफ दिएकी छिन् । उनले भनिन्, ‘हाम्रो सम्बन्ध बाहिर भएको हल्ला जस्तो होइन, हामी नजिकका साथी हौं । बाँकी कुरा पछि समय आएपछि जवाफ दिनेछु ।’

हाल आफुहरुलाई लिएर समाजिक सन्जालमा मजाक बनाइएको भन्दै उनले थपिन्, ‘अहिले जति बोलेपनि कसैले बुझ्नेवाला छैन, यस विषयमा म पक्कै बोल्नेछु, जसले धेरैलाई बुझ्न बाध्य पार्नेछ ।’ सोनिकाले आफुहरुलाई नबुझेर नानाथरिका हल्ला फैलाइएको भन्दै यसले प्रत्यक्ष रुपमा आफुहरुलाई तनाबमा पारेको बताएकी छिन् ।

प्रकाशित :आश्विन २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्