साप्ताहिक संवाददाता
आश्विन ३०, २०७६
यो वर्षको तीज गीत पछि गायक दुर्गेश थापा निक्कै चर्चामा छ । फरक शैली अपनाएर तयार गरिएको तीज गीत ‘बिच्च बिच्चमा’ हिट भएपछि उनले सोही ढंगको दसैं गीत पनि गाए । दीपकराज गिरीले उनको सोही शैलीलाई चलचित्र ‘छ माया छपक्कै’को प्रमोशनका लागि प्रयोग गरे ।
यति बेला नेपालीहरुको अर्को ठूलो चाड तिहार नजिकिदै छ । यहि तिहारलाई मध्येनजर गर्दै दुर्गेले फरक शैलीको तिहार गीत पनि सार्वजनिक गरेका छन् । एक साताअघि मात्रै दुर्गेसको आवाज रहेको ‘डन आयो डन’ देउसीभैलो गीत सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा दुर्गेशकोनै शब्द संगीत सुन्न सकिन्छ । शिव विकले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।
गीतको म्यूजिक भिडियो :