साप्ताहिक संवाददाता
गुगलले स्मार्टफोन, पिक्सेल फोर सार्वजनिक गरेको छ । अमेरिकाको न्युयोर्कमा एक कार्यक्रमको आयोजना गर्दै पिक्सेल ४ स्मार्टफोन सार्वजनिक गरिएको हो । स्टाण्डर्ड आकारको पिक्सेल फोर स्मार्टफोनसागै गुगलले ठूलो आकारको पिक्सेल फोर एक्स एल स्मार्टफोन पनि सार्वजनिक गरेको छ ।
पिक्सेल फोर स्मार्टफोन सेतो, कालो र सुन्तला गरी तीन रङमा उपलब्ध छ । पिक्सेल फोरको प्रिअर्ड तत्कालैबाट सुरु भएको र अक्टोबर २४ देखि बजारमा उपलब्ध हुने गुगलको भनाई छ ।
अमेरिकामा पिक्सेल फोरको मूल्य ७ सय ९९ डलर तथा पिक्सेल फोर एक्स एलको मूल्य ८ सय ९९ डलर तोकिएको छ । पिक्सेल फोर एक्स एलमा ६.३ इन्चको क्वाड एचडी डिस्प्ले रहेको छ । जबकी पिक्सेल फोरमा ५.७ इन्चको स्क्रिन रहेको छ ।
दुबै स्मार्टफोनमा क्वालकोम स्नापड्रागन ८५५ प्रोसेसर रहेको छ ।र् यामको क्षमता ६ जिबी छ भने स्टोरेजको हकमा ६४ जिबी र १२८ जिबी गरी दुई विकल्प उपलब्ध छन् ।