साप्ताहिक संवाददाता
केही असहज लागेपनि राती सुत्दा बिना कपडा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुने विभिन्न सोध तथा अनुसन्धानबाट पत्ता लागेको छ । विभिन्न सोध तथा अध्ययनबाट पत्ता लागेका केही तथ्यहरू यस्ता छन् :
– अष्ट्रेलियामा गरिएको अनुसन्धानका क्रममा बिना कपडा सुत्दा अनिन्द्राको समस्याबाट छुटकारा पाइने पत्ता लागेको छ । बिना कपडा सुत्नाले शरिको तापक्रम नियन्त्रित हुने हुनाले गहिरो निन्द्रा लाग्ने र राती पटकपटक निन्द्रा खुल्ने समस्याबाट समेत छुटकारा पाइन्छ ।
– राती बिना कपडा सुत्दा शरिरमा कोर्टिजोल नामक स्ट्रेस हर्मोन उत्पादनमा कमी आउँछ । अनुसन्धानका अनुसार राती दुई बजेपछि कोर्टिजोलको स्तर शरिमा बढ्छ तर बिना कपडा सुत्नाले यसलाई नियन्त्रण गर्न मद्धत गर्छ ।
– बिना कपडा सुत्दा शरिरको तापक्रम कोठाको तापक्रमसँग बराबर हुन्छ । स्लिप जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार यदी शरिरको तापक्रम कोठाको तापक्रमको बराबर भए एण्टी एजिङ्ग हर्मोनको उत्पादनमा बृद्धी हुन्छ ।
– कपडा खोलेर सुत्दा गहिरो निन्द्रा लाग्नुका साथै धेरै लामो समय निन्द्रा लाग्छ । युनिभर्सिटीको अफ वार्विकको शोधकर्ताहरूका अनुसार बिना कपडा सुत्दा शरिरको तापक्रम सामान्य हुन्छ र मिठो निन्द्रा लाग्छ । ६ घण्टा भन्दा बढि सुत्ने मानिसलाई मुटुको बिमारी देखी मधुमेहको समस्या पनि कम हुन्छ र मानिसहरू थप स्वस्थ हुन्छन् ।
– आफ्नो जीवनसाथीसँग बिना कपडा सुत्दा सेक्स लाईफ राम्रो हुन्छ । दुईबीच हुने छालाको स्पर्शले शरिरमा ओक्सिटोक्सिन बढ्छ जसले सेक्स लाईफ राम्रो बनाउन मद्धत गर्छ ।