साप्ताहिक संवाददाता
कार्तिक १, २०७६
रेडियो कान्तिपुरको मासिक सांगीतिक–सम्मान कार्यक्रम ‘सलाम जिउँदो इतिहासलाई’ मा यसपटक गीतकार रत्नशमसेर थापालाई सलाम गरिने भएको छ । रेडियो कान्तिपुरको स्टुडियोमा भोलि शनिबार बिहान ८ बजेपछि प्रत्यक्ष प्रसारणमार्फत आयोजना हुने उक्त कार्यक्रममा गीतकार थापाका कर्णप्रिय गीत–संगीतहरू विभिन्न गायक–गायिकाले प्रत्यक्ष सुनाउनेछन् ।
गीतकार थापालाई सम्मान समेत गरिने उक्त कार्यक्रममा गोरेटो त्यो गाउँको, घुम्तीमा नआऊ है, फूलैफूलको मौसम तिमीलाई, पन्छीमा डाँफे राम्रोसहितका गीतहरू यम बराल, अजर जंगम, सन्तोष लामा, भविन ढुंगाना, दुर्गा परियार, सरिता शाही तथा मनिषा पोखरेलले प्रस्तुत गर्दैछन् ।