साप्ताहिक संवाददाता
मंसिर १३ गतेदेखि प्रदर्शनमा आउने तयारी चलचित्र ‘प्रेम संसार’ को नयाँ गीत सार्वजनिक भएको छ ।
‘सुन सुन चम्पा’ बोलको उक्त गीतमा बुगी वुगी विजेता कविता नेपाली, प्रेम सोनी र मोनिका दाहाल फिचर्ड छन् रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।
उत्त: गीतको कोरियोग्राफी एकेन्द्र सारा संसार ले गरेका हुन् । चलचित्रमा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे,राम गौतम अर्जुन पौडेल, करण पौडेल,सुनिल बिक, यम बहादुर बिक,बिजय सुनार टंक मरासैनी, किशोर पाण्डे, लगाएतका कलाकारको अभिनय रहेको छ ।
सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको चलचित्रको कथा लेखन,निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार (गहतराज) हुन् भने, उतम केसी र देबीन गहतराज कार्यकारी निर्माता,कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् । चलचित्रमा अर्जुन पोख्रेल र बिबि अनुरागीको संगीत, शंकर महर्जनको द्वन्द, एकेन्द्र सारा शंकर र राम गौतमको कोरियोग्राफी, दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ ।
यस्तो छ गीत :