साप्ताहिक संवाददाता
कार्तिक २, २०७६
गायक सुबिन्द्र केसीको नयाा गीत ‘खोली तर्दा‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पुरुषोत्तम डंगोलको शब्दको उक्त गीतमा अर्जुन पोखरेलको संगीत निर्देशन छ । आरोहण एल्बममा समाबेश उक्त गीतको एरेन्ज महाराज थापाले गरेका हुन् ।
सार्वजनिक म्युजिक भिडियोमा मोडल अन्जली अधिकारीले अभिनय गरेकी छिन् । अन्जलीलाई काजीश श्रेष्ठ तथा राम कार्कीले अभिनयमा साथ दिएका छन् ।
भिडियोको निर्देशक तथा कोरियोग्राफर काजिश श्रेष्ठले गरेका हुन् । अजय रेग्मीद्वारा छायांकन गरिएको उक्त भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन् ।
यस्तो छ म्युजिक भिडियो :