पोखरामा १९७४ एडी

- राजाराम पौडेल

कार्तिक २, २०७६

कात्तिक २ गते शनिबार पोखरामा नेपाली रक ब्यान्ड १९७४ एडी ब्यान्डको कन्सर्ट हुँदैछ । कन्सर्टमा आफ्ना नयाँ तथा पुराना गीत सुनाउँदै ब्यान्डले माहोल गर्माउनेछ । एउटा बियर ब्रान्डको प्रायोजनमा १९७४ एडी कन्सर्ट गर्दै देश दौडाहामा छ । यसले १९७४ एडी समूहका फ्यान उत्साहित बनेका छन् ।

पुराना सदस्यहरू ‘रियुनाइटेड’ भएकाले १९७४ एडी समूह यतिबेला चर्चामा समेत छ । एड्रियन प्रधान, सञ्जय श्रेष्ठ, फिरोज स्याङ्देन, निराकार याक्यथुम्बा र मनोजकुमार केसी पुन: एकजुट हुँदै १९७४ एडी ब्यान्डमार्फत अघि बढिरहेका छन् । 

डेबिजफल क्लब पोखरा छोरेपाटनको आयोजनामा हुने कन्सर्ट दिउँसो ३ बजेबाट फुटबल ग्राउन्ड तिब्बतीयन क्याम्प छोरेपाटन पोखरामा हुनेछ । कन्सर्ट हेर्न ३ सय रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ । छोरेपाटन साँझ नाम दिइएको कन्सर्टमा १९७४ एडीका अतिरिक्त द फेयर मसिन ब्यान्ड, लोकदोहोरीसहित अन्य सांस्कृतिक कार्यक्रम आकर्षणका रूपमा रहनेछ । 

प्रकाशित :कार्तिक २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्