साप्ताहिक संवाददाता
कार्तिक २, २०७६
अभिनेत्री सुरक्षा पन्त हरेक प्रकारका भूमिका निवार्ह गर्न सक्ने क्षमता राख्छिन् । गृहिणीदेखि आधुनिक युवतीसम्मको भूमिकालाई उनले सहजै न्याय गर्न सक्छिन् । चलचित्रको चरित्रअनुसार आफूलाई ढाल्न सक्नु सुरक्षाको खुबी नै मानिन्छ । पछिल्लो पटक सुरक्षाले चलचित्र आमाको आफ्नो भूमिकाका लागि साहसिक कदम चालेकी छिन् ।
पोस्ट प्रोडक्सनमा रहेको निर्देशक दीपेन्द्र के खनालको चलचित्र ‘आमा’ का लागि सुरक्षाले आफ्नो लामो केश मुण्डनमात्र गराएकी छैनन्, हालै सार्वजनिक चलचित्रको फस्ट लुकमा सुरक्षालाई मुण्डन गरेर बाँकी रहेको केशमा समेत देखाइएको छ । पोस्टरमा सुरक्षाको विचित्रको रूप देखेर दर्शकहरूसमेत आश्चर्यमा परेका छन् । दसैंअघि सार्वजनिक चलचित्रको पोस्टरमा सुरक्षाको शिरको आधा भाग मुण्डन गरिएको छ भने आधा भागमा केश देखिन्छ ।