साप्ताहिक संवाददाता
टीभीएसको दसैंको दौड
टीभीएस बाइकको दसैंको दौडअन्तर्गत सय प्रतिशतसम्मको क्यास ब्याक योजना जारी छ । त्यस्तै कम्पनीले स्योर सुट योजना पनि अघि सारेको छ जसमा १ लाखसम्मको छुट प्राप्त गर्न सकिन्छ ।
यामाहा भिक्ट्री : हरेक दिन एक जनालाई १ लाख
यो योजनामा यामाहाका बाइक वा स्कुटर किन्दा स्क्र्याच कार्डमार्फत ७ हजारदेखि १ लाख रुपैयाँसम्म छुट पाइन्छ । त्यसैगरी खरिदकर्ता मध्येबाट लक्की ड्र गरी एक जनालाई हरेक दिन १ लाख नगद प्रदान गरिन्छ भने सातामा एकजनालाई आइफोन एक्सएस समेत प्रदान गरिन्छ ।
होन्डामा नगद छुट, बिमा तथा थाइल्यान्ड भ्रमण
होन्डाले चाडपर्वलाई मध्यनजर गर्दै बाइक तथा स्कुटरको खरिदमा स्क्र्याच कार्ड मार्फत १ लाख रुपैयाँसम्म नगद छुट एवं ४ हजार ५ सय रुपैयाँ बराबरको ५ वर्षसम्मका लागि सर्भिस कुपन प्रदान गर्दै आएको छ । कम्पनीले ठूला बाइकमा भने ३० हजारसम्म नगद छुट दिने जनाएको छ । यसरी बाइक किन्नेहरू मध्येबाट हरेक हप्ता लक्की ड्र मार्फत १० लाखसम्मको नगद पुरस्कार तथा २ सय जनालाई १० लाखसम्मको दुर्घटना बिमा एवं २ जनालाई थाइल्यान्ड घुम्ने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ ।
भेस्पा तथा अप्रिलियामा
नगद छुट र अन्य सुविधा
भेस्पा तथा अप्रिलिया स्कुटर कम्पनीले नगद छुटदेखि विभिन्न टुरसम्मको अफर सार्वजनिक गरेको छ । यस क्रममा स्क्र्याच कार्डबाट ५ हजारदेखि १ लाख सम्मको छुट एवं २ वटा बन्जी जम्प र जिप फ्लाइङको टिकट प्रदान गरिन्छ । यो योजना अन्तर्गत हेलिकप्टरमार्फत हरेक हप्ता अन्नपूर्ण बेस क्याम्पसम्मको यात्रा गर्ने अवसरमा समेत प्राप्त हुन्छ ।
हिरोमा न्यूनतम ५ हजार छुट
हिरोले ‘रातो टीका निधारमा नयाँ हिरो घर–घरमा’ अफर चलाइ रहेको छ । कम्पनीको योजनाअनुसार स्क्र्याच कार्डमार्फत बाइक तथा स्कुटर खरिदकर्तामध्ये भाग्यशाली ग्राहकले १ लाख क्यास जित्न सक्छन् । जुनसुकै मोटरसाइकल तथा स्कुटरमा न्यूनतम पाँच हजारसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीले शून्य प्रतिशत डाउनपेमेन्टमा स्कुटर वा मोटरसाइकल खरिद गर्न सक्ने अफर पनि ल्याएको छ ।
बजाजको ‘भविष्यवाणी’
बजाजका बाइक किन्दा बाइक किन्नुअघि नै ग्राहकले आफुले कति नगद जितेको छु भन्ने कुरा थाहा पाउँछन् । ‘अब कति जितिन्छ, पहिल्यै देखिन्छ’ ट्यागलाइन सहित आएको यो अफर योजनामा ग्राहकले बाइक किन्नुअघि नै एक लाख रुपैयाँसम्म नगद जित्न सक्छन् भने बाइक किनिसकेपछि पनि १ लाख रुपैयाँसम्म जित्न सक्ने कम्पनीले जनाएको छ ।
सुजुकीमा १० हजार छुट पक्का
सुजुकीले आफ्ना बाइक तथा स्कुटरमा १० हजार रुपैयाँ छुट उपलब्ध गराउँछ भने बम्पर पुरस्कारमा जिक्सर एसएफ २५० बाइक प्राप्त गर्न सकिन्छ ।
महिन्द्रा टु ह्विलरमा १० हजार छुट
महिन्द्रासँग सबै दङ्दास योजना अन्तर्गत बाइक तथा स्कुटरको खरिदमा तुरुन्तै क्यास, १० हजार रुपैयाँको फ्ल्याट डिस्काउन्ट तथा लक्की ड्रबाट विभिन्न होम अप्लाइन्सेस प्राप्त गर्न सकिन्छ ।
रनरमा २० हजार छुट
बंगलादेशी ब्रान्ड रनर बाइक किन्दा २० हजार रुपैयाँ सम्म नगद छुटको व्यवस्था गरिएको छ भने यो चाडपर्व भरीमा रनर बाइक खरिद गर्ने प्रत्येक सय जनामध्ये एक जना भाग्यशाली विजेताले बंगलादेशस्थित रनर बाइकको फ्याक्ट्री घुम्ने अवसर प्राप्त गर्ने बताइएको छ ।
एनआईयू स्कुटर किन्दा
५० हजार सम्म छुट
एनआईयू इलेक्ट्रिक स्कुटरमा सररर ५० हजारसम्मको छुटले मनै हरर, स्वस्थ जीवन, शुद्ध वातावरण अनि सवारीका लागि विद्युतीय साधन आजको आवश्यकताजस्ता नारामा चाडपर्व अफर अघि सारेको छ । एनआईयूका स्कुटर किन्दा ५० हजारसम्म छुट तथा दुई वर्षको वारेन्टी, रजिस्टर भएको नम्बर प्लेट, बिमा सुविधा तथा फाइनान्स सुविधा समेत उपलब्ध गराइन्छ ।
बीएमडब्ल्लूको अफर
बीएमडब्ल्लू बाइक किन्दा ३० हजार नगद छुट प्राप्त गर्न सकिन्छ । त्यसैगरी बाइकको थर्ड पार्टी इन्स्योरेन्स र एजीभी हेलमेटमा १० हजार रुपैयाँ छुट प्रदान गरिँदै आएको छ । यी बाइकमा तीन वर्ष वा असीमित किलोमिटरको वारेन्टी छ ।