सपनीमा आउन आग्रह

- साप्ताहिक संवाददाता

कार्तिक ३, २०७६

 

राम अविरल नेपाली सञ्चार क्षेत्रमा लोकप्रिय नाम हो । उनी लामो समयदेखि रेडियो नेपालमा आवद्ध छन् । थुप्रै सांगीतिक कार्यक्रम मार्फत थुप्रैको परिचय दिएका अविरल राम्रा गीतका सर्जक पनि हुन् ।

उनै सञ्चारकर्मी तथा गीतकार राम अविरलको एक नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘सपनीमै आउँनु’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गायक सुरेन गौतमले गाएका हुन् । गीतमा विक्रम थापाको संगीत गरेका छन् । 

गीतको म्यूजिक भिडियो भने प्रहिल कार्कीले निर्देशन गरेका हुन् । अखिल बास्तोलाको छायांकन रहेको गीतको भिडियोलाई  फुर्वा लामाले सम्पादन गरेका छन् । भिडियोमा प्रहिल कार्की र पूजा भट्टले अभिनय गरेका छन् । भिडियोमा अन्जिता कंडेलको स्टोरी र कन्सेप्ट रहेको छ ।

 गीतको भिडियो :

 

प्रकाशित :कार्तिक ३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्