साप्ताहिक संवाददाता
कार्तिक ४, २०७६
नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले छोटो समयमै खेलेरै करोडौं कमाइसकेका छन् । उनी नेपालमा सबैभन्दा बढी कमाउने खेलाडी सूचीको शीर्ष स्थानमा छन् । उनलाई फेरि एकपटक भाग्यले साथ दिने हो भने उनी एउटा प्रतियोगिता खेलेरै करोडपति हुनेछन् ।
इंग्ल्यान्डमा सन् २०२० को जुलाइबाट ‘द हन्ड्ेरड’ हुनेछ । यो नयाँ खाले क्रिकेट प्रतियोगिता हो । त्यसमा सहभागी हुन सन्दीपले आफूलाई १ लाख पाउन्डको दर्जामा नाम दर्ता गराएका छन् । उनी त्यसमा छनोट भए भने दुई महिना खेलेर उनले १ लाख पाउन्ड पाउनेछन्, त्यसो भनेको १ करोड ४० लाख रुपैयाँ बराबर हो । सन्दीपको छनोट सम्भावना अत्यधिक छ ।