साप्ताहिक संवाददाता
लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा तिहारको गीत सार्वजनिक भएको छ । ‘टीका माला’बोलको उक्त गीत निक्कै मर्मस्पर्शी छ । लोकप्रिय सर्जक रमेश बिजिले लेखेको गीतमा दुव्र्यसनमा फसेको एक युवकको एक्लो पनको पीडालाई प्रस्तुत गरिएको छ । गीतमा बिबि अनुरागीले संगीत गरेका हुन् ।
सानैमा बा–आमा बितेको एक युवक दिदीको विवाहपछि कसरी एक्लिन्छ र दुव्र्यसनमा फस्छ भन्ने कुरा गीतको म्यूजिक भिडियोमा देखाईएको छ । दुव्र्यसनमा फसेको युवकको भूमिकामा गायक तथा कलाकार प्रकाश सपुतले अभिनय गरेका छन् । दिदीको भूमिकामा कलाकार सरिता लामिछानेले मन छुने अभिनय गरेकी छिन् । शंकर बिसीले निर्देशन गरेको गीतको म्यूजिक भिडियो मार्फत दुव्र्यसनमा परेका युवालाई घृणा नगर्न सन्देश समेत दिइएको छ ।
दुर्गा पौडेलले छायांकन गरेको म्युजिक भिडियो सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।
टीका मालाको म्यूजिक भिडियो :