साप्ताहिक संवाददाता
कार्तिक ४, २०७६
फिलिपिन्सको एक समुद्री तटमा प्रेमीसँग बिकिनीमा घुमिरहेकी पर्यटकलाई स्थानीय प्रहरीले पक्राउ गरेर जरिवाना तिराएका छन् । फिलिपिन्सको बोराके समुद्री तटमा आफ्ना प्रेमीसँग घुमिरहेकी २६ वर्षीया ली जु टिङले थोङ बिकिनी लगाएर आनन्द लिइरहेकी थिइन् ।
एकदमै पातलो उक्त बिकिनीप्रति अरू पर्यटकहरू पनि आकर्षित भएका थिए । यसै क्रममा एक पर्यटकले उनले लगाएको बिकिनीको भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेपछि स्थानीय प्रहरीको ध्यानाकर्षण भएको थियो । प्रहरीले उनलाई पछ्याउँदै होटलबाट पक्राउ गरेको थियो । फिलिपिन्स छोड्नु अघि ती युवतीले साढे ५ हजार रुपैयाँ जरिवाना तिरेको बताइन्छ ।