साप्ताहिक संवाददाता
कार्तिक ४, २०७६
हलिउडमा संघर्षरत टप र्याङ्ककी मोडल एमिली राताकोवस्की गत शनिबार न्युयोर्क सहरमा भएको ट्राफिक जामको कारण चर्चामा आएकी छिन् । आफ्नो कुकुर कोलम्बोसँग सडकमै क्याटवाक गर्न थालेपछि राताकोवस्कीलाई न्यूयोर्क प्रहरीले तत्काल नियन्त्रणमा लिएको बताइन्छ ।
आफ्नो कम्पनी इनामोराता वुमन ब्रान्डका महिला पहिरनहरूको प्रवद्र्धनसमेत गरिरहेकी राताकोवस्की आफ्ना कोमोत्तेजक तस्बिरहरूका कारण पनि चर्चामा आइरहन्छिन् । कुनै बेला संसारकै सर्वाधिक कामुक महिलाको उपाधिसमेत पाएकी राताकोवस्की न्युयोर्क घटनापछि आफ्ना आलोचनाहरूका बारेमा भन्छिन्– त्यो त हामीजस्ता सेलिब्रिटीका लागि आवश्यक खुराक हो ।