ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाको सान फ्रान्सिस्कोमा

- साप्ताहिक संवाददाता

कार्तिक ४, २०७६

चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड–२०१९’ यसपटक अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुने भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच नोभेम्बेर ३० देखि डिसेम्बर १ सम्म अवार्ड हुने जानकारी दिइयो ।

ग्लोबल नेपाली फिल्म अवार्ड, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकरको मुख्य आयोजनामा हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोबास गर्ने फिल्मकर्मी र नेपालबाट केही कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी दिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले नेपाली फिल्मकर्मीहरुलाई सम्मान, नेपाली फिल्मलाई डायस्पोरामा प्रबद्र्धन, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली फिल्मको बजार प्रबद्र्धन, फिल्म टुरिजमको बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र फिल्म पर्यटन तथा ‘भिजिट नेपाल २०२०’ को पूर्वसन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्राउने अवार्डको उद्देश्य रहेको बताए ।

हाल अवार्डको तयारी तीव्र रुपमा चलिरहेको नेपालका कार्यक्रम संयोजक मदु कुमार श्रेष्ठले जानकारी दिए । युसी थिएटरमा पहिलो पटक नेपाली कार्यक्रम हुन लागेको हो । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् ।

त्यस्तै कार्यक्रममा ‘भिजिट नेपाल २०२०’ लाई प्रचार गर्ने उदेश्यले कलाकारसहितको सहभागितामा डिसेम्बर १ मा बर्कली सिटीको मुख्य सडक नै बन्द गरेर ‘नेपाल डे परेड’ मनाइने फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए ।

 

प्रकाशित :कार्तिक ४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्