साप्ताहिक संवाददाता
चलचित्र ‘शुभलभ’बाट नेपाली चलचित्र उद्योगमा पाइला चालेकी अभिनेत्री हुन्– क्रिस्टिन पौडेल । उनले त्यो चलचित्रबाट राम्रो सम्भावना देखाएकी थिइन् । १८ वर्षकी यी अभिनेत्रीले आफ्ना केही सेक्रेट कुरा साप्ताहिककर्मी महेश तिमल्सिनालाई यसरी सुनाइन् :
कलेजमा एउटा केटालाई मन पराएँ
मलाई कलेजको एकजना केटा निकै मन पथ्र्याे । यद्यपि मलाई उसको नाम, ठेगाना केही पनि थाहा थिएन । उसले पनि मलाई पनि मन पराउँदो रहेछ, जुन कुरा कलेजबाट बाहिरिएपछि एक जना साथीले भनेपछि मात्र मैले थाहा पाएँ, तर कलेज नै छोडिसकेपछि थाहा पाएर के गर्नु ?
टुथपेस्ट खाइदिन्थेें
सानी छँदा मलाई टुथपेस्टको स्वाद मीठो लाग्थ्यो । त्यसैले दाँत माझिसकेपछि थुक्नुको सट्टा निलिदिन्थें ।
फोटोका लागि मेकअप गर्छु
मलाई मेकअप गर्न खासै मन लाग्दैन । म फोटो राम्रो आओस् भन्ने चाहनाका कारण मात्र मेकअप गर्छु ।
म्युजिक भिडियोमा पनि अभिनय गरें
मैले शुभलभभन्दा अघि सुशान्त केसीको ‘मायामा’ गीतको भिडियोमा अभिनय गरेकी थिएँ । कतिपय दर्शकलाई त्यो गीतकी मोडल र शुभलभकी अभिनेत्री एउटै हुन् भन्ने कुरा थाहा नहुन सक्छ ।
दिउँसो सुत्न रमाइलो लाग्छ
मलाई रातिभन्दा दिउँसो सुत्न रमाइलो लाग्छ । राति दिउँसोको जस्तो मीठो निद्रा लाग्दैन । त्यसैले म नियमित रूपमा दिउँसो सुत्छु ।