साप्ताहिक संवाददाता
कार्तिक ५, २०७६
नेपालका युवा वैज्ञानिक जनक अवस्थी जापानमा भएको वैज्ञानिकहरूको सम्मेलनमा सम्मानित भएका छन् । जापानको सरकारी अनुसन्धान केन्द्र रिकेनमा कार्यरत अवस्थीले बालबालिकामा हुने अटिजमसम्बन्धी गरेको खोज तथा अनुसन्धानलाई प्रशंसा गर्दै सम्मानित गरिएको हो ।
संस्थामा काम गरिरहेका कैयौं युवा वैज्ञानिकले गरेको अनुसन्धानमध्ये रिकेनले अवस्थीको अनुसन्धानलाई मेडिकल साइन्सतर्फ बेस्ट साइन्स एवार्ड प्रदान गरेको हो । अवस्थीले आÏनो अनुसन्धानमा बालबालिकामा जन्मजातै देखिने समस्या अटिजममा नयाँ तथ्य पत्ता लगाएको बताइएको छ ।
अटिजमका कारणहरूबारे वैज्ञानिक जगत्मा विभिन्न तर्क–बितर्क हुने गरे पनि सबै लक्षण कसरी एउटै तथ्यसँंग सम्बन्धित हुन्छन् भन्ने कुरा अवस्थीको अनुसन्धानले व्याख्या गरेको छ ।