साप्ताहिक संवाददाता
कार्तिक ५, २०७६
गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । थापालाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको बताएका छन् । सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानुन विरीत भएको सहकुल थापा बताउँछन् । सोही कारण गायक थापालाई नियन्त्रणमा लिएको उनको भनाई छ ।
उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियरसँगै गाँजा सेवनलाई पनि प्रोत्साहन गर्ने शब्द समेटिएपछि उनको गीतको चर्को आलोचना हुँदै आएको छ ।