साप्ताहिक संवाददाता
सुजुकीमा २ लाखसम्म छुट
सुजुकीले ल्याएको पर्वोत्सव योजनामा २ लाखसम्मको नगद छुट, अधिकतम १ लाखसम्मको एक्सचेन्ज बोनस, स्क्र्याच सिस्टममार्फत अधिकतम १ लाखसम्मको थप छुट तथा एक वर्षसम्मको सवारी कर नि:शुल्क प्राप्त गर्न सकिन्छ ।
हुन्डाईमा अर्को कार जित्न सकिने
‘हुन्डाई फेस्टिभ डिलाइट–२०७६’ योजनाअन्तर्गत ग्राहकले स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्छन् । यस्तै, लक्की–ड्रमार्फत १० जोडीलाई ४ रात ५ दिनको दुबई भ्रमणको अवसर प्रदान गरिने कम्पनीले जनाएको छ । बम्पर उपहार अन्तर्गत ग्राहकले लक्की–ड्रमार्फत एक–एक थान हुन्डाई स्यान्ट्रो तथा हुन्डाई भेन्यू कार जित्न सक्ने छन् ।
निसान र ड्याटनमा ५ लाखसम्म छुट
निसान र ड्याट्सन ब्रान्डका सबै कारमा फेस्टिभ अफरका रूपमा ५ पाँच लाखसम्मको छुट प्रदान गरिएको छ । जसमा फेस्टिभ ड्राइभ क्यास डिस्काउन्ट अन्तर्गत ३ लाखसम्म नगद छुटका साथै १ लाख रुपैयाँसम्मको फ्रि एसेसरिज, एक वर्षसम्मको सडक कर, तीन वर्षको वारेन्टी एवं सर्भिसिङको सुविधा उपलब्ध हुन्छ ।
होन्डामा १० लाखसम्म छुट
होन्डा कारका सबै मोडलमा १ लाखदेखि १० लाखसम्म नगद छुट उपलब्ध गराइन्छ । यो अवधिमा कार खरिद गर्ने ग्राहक मध्येबाट कार्ड स्क्र्याच गरी १० जनालाई विभिन्न मुलुक घुमाउने योजना कम्पनीको छ । यसरी छानिएका भाग्यशाली १० ग्राहकले दुई रात तीन दिनको दुबई तथा थाइल्यान्डको भ्रमण गर्न पाउनेछन् ।
टाटामा विदेश भ्रमणको टिकट
टाटाले ‘टाटा मोटर्स सबको घरमा स्योर सट गिफ्ट साथै बम्पर उपहार हातमा’ शीर्षकको योजना चलाइरहेको छ । टाटाका गाडी ट्रक, टिपर आदि किन्दा स्योर सट गिफ्टमा थाइल्याण्ड, दुवई, रसिया, साउथ अफ्रिका भ्रमण तथा वासिङ मेसिन, माइक्रो वोभन, टिभी, मोबाइल, क्यामेरा आदि उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ भने बम्पर लक्की ड्रमा ७ जना जोडीलाई क्रुज भ्रमण, १५ जनालाई दुवई भ्रमण र १३ जनालाई एलजीको फ्रिज, १५ जनालाई सोनीको ५५ इञ्चको टिभी, एलजीको वासिङ मेशिन १३ जनालाई सामसुङको नोट १० मोबाइल उपहार प्रदान गरिने बताइएको छ ।
फोर्डको कारमा ३ लाखसम्म छुट
फोर्डले ल्याएको ‘सिधै क्यास, नो बकवास’ शीर्षकको आकर्षक अफरअन्तर्गत कार खरिद गर्ने ग्राहकले तीन वटासम्म स्क्र्याच कार्ड कोट्याउन पाउने छन् । ग्राहकले प्राप्त गरेको स्क्राच कार्डमार्फत अधिकतम ३ लाख छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
रेनोमा ५ लाखसम्म छुट
रेनोले ‘शुभदिन ६’ अफर योजना अघि सारेको छ । उक्त योजना अन्तर्गत गाडी किन्ने ग्राहकले ५ लाखसम्म नगद छुट पाउने कम्पनीले जनाएको छ । कम्पनीले यो अफरमा गाडी किन्ने ग्राहकलाई नगद छुटका साथ लोयल्टी बोनस, नि:शुल्क बीमा, नि:शुल्क एसेसरिज, एक्सचेन्ज बोनस तथा ५ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।
एमजीको खरिदमा छुट
एमजीले धुमधाम दसैं तिहार एमजीमा छ सानदार उपहार नारा सहित छुट योजना ल्याएको छ । कम्पनीका अनुसार एमजी गाडीको खरिदमा ग्राहकहरूले २ लाख ५० हजारम्मको नगद छुट, निशुल्क बीमा, १ वर्षसम्म फ्रि रोड ट्याक्स तथा फ्रि एसेसरिज प्राप्त गर्ने छन् ।
रस किन्दा ३ लाख ५० हजार छुट
टोयोटाले आफ्नो चर्चित एसयूभी रसको खरिदमा ३ लाख ५० हजार रुपैयाँ छुट दिँदै आएको छ । कम्पनीले रस एसयूभीको मिड एमटी मोडलमा यो योजना लागू गरेको हो । मिड एमटी रसको मूल्य ७३ लाख ५० हजार रुपैयाँ छ । छुट सोही मूल्यमा उपलब्ध हुने जानकारी कम्पनीले दिएको छ ।
बीवाईडी गाडी किन्दा
इलेक्ट्रिक कार उत्पादक कम्पनी बीवाईडीको इलेक्ट्रिक कार किन्नेहरूले अब आफ्नो घर सफा गर्नु नपर्ने भएको छ । बीवाईडी कार किन्ने ग्राहकको घर कम्पनीले नै सफा गरिदिने बताइएको छ । यो कार किन्दा अन्य छुटका अतिरिक्त मेगा अफरमा एक जोडीले ११ दिनको युरोप भ्रमण गर्न पाउनेछन् ।