साप्ताहिक संवाददाता
साहसिक पर्यटनअन्तर्गतको जिपलाइन सुनसरीको धरानमा सञ्चालनका लागि अध्ययन थालिएको छ । जिपलाइन नेपालको पोखरा तथा काभ्रेको धुलिखेलमा सञ्चालनमा छ ।
यो अध्ययनसँगै अब भने प्रदेश–१ मा पनि साहसिक पर्यटनले गति लिनेछ । भेडेटारबाट धनकुटातर्फ जिपलाइन सञ्चालनको तयारी भैरहेकै बेला धरानमा पनि अर्को जिपलाइनको तयारी भएको हो । दोस्रो जिपलाइन भेडेटारदेखि धरान–४ देवीथानसम्म चलाउने तयारी गरिएको बताइन्छ ।
यो जिपलाइनमा वल्र्ड वाइड एडभेञ्चर तथा भेडेटारका आधादर्जन व्यक्तिको संयुक्त लगानी रहनेछ । जिपलाइनमा २ देखि अढाई करोड खर्च हुने अनुमान छ । भेडेटारमै अर्काे जिपलाइनको पनि काम हुँदैछ जसको टेकअफ र ल्यान्डिङ दुवै धनकुटातर्फ नै हुनेछ । यसको दूरी १५ सय मिटर लामो हुुनेछ ।
दोस्रो जिपलाइनको टेकअफ भेडेटारमा हुनेछ भने ल्यान्डिङ धरानतर्फ देवीथानमा हुनेछ । यसको दूरी करिब ७ सय मिटर रहनेछ । यसअघि धरान १३ र २० को सिमाना सर्दु खोला किनारमा फ्लाइङ फक्सको सफल परीक्षण समेत भैसकेको छ ।
नरेन्द्र बस्नेत