साप्ताहिक संवाददाता
तिहार गीतमा गलत शब्द प्रयोग गरिएको आरोपमा पक्राउ परेर छुटेका थिए गायक तथा मोडल दुर्गेश थापा । पक्राउपछि छुट्ने बेला माफी माग्दै उक्त गीत युट्युबबाट हटाउने र कसैलाई पनि कपी नगर्न अनुरोधसहित विज्ञप्ती सार्वजनिक गरेका थिए ।
बेला–बेला अचम्म पार्ने दुर्गेशले फेरी अचम्म पारेका छन् । गीतमा समाबेश गाँजा र बियर शब्द म्युट गरेर फेरि गीत सार्वजनिक गरेका छन् । तिहारका लागी भन्दै सार्वजनिक गीतको भिडियो ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएका केहि शब्दका विवादमा तानिएका थिए, उनी । सोहि कारण उनलाई प्रहरीले पक्राउ गरेको थियो । युट्युबबाट उक्त गीतको भिडियो हटाउने र आगामी समयमा कहिल्यै त्यसो नगर्ने सर्तसहित माफी मागेपछि प्रहरीले उनलाई छाडेको थियो ।
तर, छुटेको २४ घण्टा नपुग्दै उनले बिबादित शब्द हटाएर फेरि गीत सार्वजनिक गरेका छन् । दुर्गेशले किन फेरी उक्त गीत सार्वजनिक गरे ? साप्ताहिकसँग उनले भने, ‘प्रहरीसँग जे सम्झौता भएको थियो, त्यहि अनुसार गरेको हुँ ।’ यद्यपी, यसअघि प्रहरीसँगको सम्झौतामा उक्त गीत फेरी सर्त गर्ने भनिएको थिएन ।
फेरि सार्वजनिक गरिएको उक्त गीत लगभग डेढ लाखले हेरिसकेका छन् । दुर्गेशले उक्त गीत सार्वजनिक गर्दै कमेन्ट वक्समा लेखेका छन्, ‘ नमस्ते म दुर्गेश थापा । मेरा आफन्त ईष्ट मित्र साथी भाई र शुभचिन्तकहरूको फोन म्यासेजबाट गर्नुभएको चासो र चिन्तालाई एकै चोटी सम्बोधन गर्न चाहन्छु । सम्मानित कानुन भन्दा माथि कोही नहुने हुँदा अपराध शाखा टेकुमा उपस्थिति भई मैले गरेको सृजनाले समाज मा राम्रो सन्देश नदिएको महशुस गर्दै गित लाई शंशोधन गरी प्रकाशन गर्ने नै छु । सम्पुर्ण सबैमा यो बिषयलाई कहि कतैबाट अतिरन्जित नगरीदिनुहुन हार्दिक अपिल पनि गर्दछु धन्यबाद ।’