साप्ताहिक संवाददाता
शुक्रबारबाट देशव्यापी प्रदर्शनका आउने तयारीमा रहेको चलचित्र ‘घामड शेरे’ को प्रदर्शन मिति अन्तिममा आएर हेरफेर भएको छ । अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत यो चलचित्र मल्टीप्लेक्समा अपेक्षाभन्दा कम सोज पाएको भन्दै प्रदर्शन मिति सारिएको बुझिएको छ ।
चलचित्रको प्रदर्शन मिति पछि सरेको वितरक प्रचण्डमान श्रेष्ठले पुष्टि गरे । उनले भने, ‘मल्टीप्लेक्समा राम्रै सोजको अपेक्षा गरेका थियौं, तर अत्यन्त कम सोजपछि यो शुक्रबार चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेका हौं ।’ अब यो चलचित्र कात्तिक २२ गते प्रदर्शन हुनेछ ।
कात्तिक ८ मा अक्षयकुमार अभिनित ‘हाउसफुल ४’ आउँदैछ । उनको यो चलचित्रलाई मल्टीप्लेक्समा राम्रै सोज दिइएको छ । प्रदर्शन मिति सरेपछि कतिपयले ठिकै हो भनेका छन् भने कतिपयले हाउसफुल ४ का कारण डराएको भन्दै गाली गरेका छन् ।