साप्ताहिक संवाददाता
कार्तिक ७, २०७६
हलिउडकी लिजेन्ड्री अभिनेत्री मर्लिन मुनरोको अहिलेसम्म गोप्य राखिएको दुईवटा फरक–फरक पोजका तस्बिर लिलामीमार्फत सार्वजनिक हुने भएका छन् । सन् १९६२ को अगस्टमा रहस्यमय ढंगले आफ्नै कोठामा मृत फेला परेकी मुनरोका ती तस्बिरहरू क्यानाडाका फोटोग्राफर डगलस किर्कल्यान्डले बेबर्ली हिल्सस्थित मुनरोकै घरमा खिचेका थिए ।
ती दुईमध्ये पहिलो तस्बिरमा मुनरो बिछयौनामा पल्टेकी अवस्थामा छिन् भने दोस्रो तस्बिरमा मुनरो आफ्नो सिरानीलाई छातीमा टाँसेर दुई हातले कसेको अवस्थामा छिन् । ती दुवै तस्बिर आगामी २९ अक्टोबरमा लिलामीमा राखिने बताइएको छ ।