साप्ताहिक संवाददाता
विश्वमा धेरै किसिमका म्युजियम छन् । यस्ता म्युजियममध्ये कुनै निश्चित विषयमा केन्द्रित भएर खोलिएका म्युजियमको संख्या धेरै नै कम छ । यही मेसोमा लन्डनमा आगामी महिना खोल्न लागिएको एउटा म्युजियम अहिले चर्चामा छ ।
आइसल्यान्डमा केही वर्षअघि पुरुष जनेन्द्रियलाई मात्र लिएर म्युजियम सञ्चालनमा आएपछि महिलाको जनेन्द्रियलाई लिएर पनि म्युजियम सञ्चालनमा आउनुपर्ने अवधारणा अगाडि आएको थियो । फ्लोरेन्स सेक्टरले यो विषयमा पहल गरेर क्राउडफन्डिङबाट अर्थ संकलन थालिन् । साढे ७५ लाख संकलन भएपछि यो अभियानको थालनी भयो ।
महिलाको जनेन्द्रियका विषयमा धेरैमा जिज्ञासा रहेको र यो अंगको बनावट धेरैका लागि कौतूहलको विषय भएका कारण त्यही जिज्ञासा मेट्न यो म्युजियम सञ्चालनमा ल्याउन लागिएको सेक्टरले बताइन् । यो म्युजियममा महिला जनेन्द्रियको बनावटदेखि महिलाको शरीरको संरचना तथा उनीहरूमा देखा पर्ने रोग आदिका विषयमा समेत जानकारी प्राप्त गर्न सकिनेछ ।