साप्ताहिक संवाददाता
‘हामी यस्तै त हो नि ब्रो...’ गीत गाएर चर्चामा आएका गायक भिटेन (समीर घिसिङ)लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरिय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
केहि समयअघि सार्वजनिक भएको उनको उक्त भाइरल गीतमा उनले प्रहरीलाई डन्ठे भन्ने देखि पुलीस चौकिमै दारु खाँदै मस्ती गर्छु जस्ता शव्द समाबेश गरेका छन् । सोहि कारण प्रहरीले उनलाई समातेको वुझिएको छ । भर्खरका युवापुस्तालाई लक्षित उक्त गीतमा कतिसम्म छाडा छ भन्ने कुरा सुन्नका लागी गीत हेरे थाहा हुन्छ ।
यसअघि तिहार गीतमा जे पायो त्यस्तै शव्द शमाबेश गरेको भन्दै प्रहरीले चर्चित मोडल तथा गायक दुर्गेश थापालाई पक्राउ गरेको थियो । तर, उनले फेरी उक्त गीतलाई तोडमोड गरेर सार्वजनिक गरेका छन् ।
महाशाखाका एसएसपी सहकुल थापाले भिटेन पक्राउ परेको कुराको पुष्टि गर्दै थप अनुसन्धान गरिरहेको जानकारी गराएका छन् । उनलाई अब प्रहरीले के गर्छ भन्ने कुरा अध्ययन पछि मात्रै थाहा हुने जनाइएको छ । एसएसपी थापाले भिटेनमाथि सार्वजनिक हित विरुद्धको अपराधमा मुद्दा चलाइने तयारी भएको बताए ।