साप्ताहिक संवाददाता
नेपालको प्रतिनिधित्व गर्दै ‘मिष्टर वल्र्ड २०१९’मा सहभागी अक्षयजंग रायमाझीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले बधाई तथा शुभकामना दिएका छन् । मंगलबार साँझ आफ्नो कार्यकक्षमा भेट गर्दै पुनले सौदर्य प्रतियोगिता मार्फत बिश्वमा नेपाल चिनाएको भन्दै प्रसंसा समेत गरेका थिए ।
केही समय अगाडि फिलिपिन्सको मनिलामा आयोजना भएको मिष्टर वल्र्डमा अक्षय आफुलाई प्रतियोगिताको उत्कृष्ट १० भित्र उभ्याउदै मल्टिमिडिया अवार्ड समेत नेपाल भित्र्याउन सफल भएका थिए ।
उपराष्ट्रपति पुनसँगको भेटमा अक्षयले प्रतियोगिता आफुले नेपालको गौरव सगरमाथा, गौतम बुद्ध, हिमाल, नदीनाला लगायत समेत अन्तराष्ट्रिय समुदायमा राखेको र भिजिट नेपाल २०२०को निम्तो समेत दिएको जानकारी दिए ।
कार्यक्रममा नेपाली कलासंस्कृति झल्कने भोषभुषा सहितको काल भैरव नाँच समेत प्रस्तुत गरेको अक्षयले पुनलाई जानकारी गराए ।
अक्षयसँग उपराष्ट्रपति पुनसाग भेट गर्न एक्सपोज नेपालकी सिइयो अर्चना थापा र केही सहयोगीका साथ कार्यलय पुगेका थिए । अक्षयलाई मिष्टर वल्र्डमा एक्सपोज नेपालले पठाएको हो ।