मिष्टर नेपालका लागि खुल्यो आवेदन

- साप्ताहिक संवाददाता

कार्तिक ७, २०७६

एक्सपोज नेपालले ‘मिष्टर नेपाल २०१९’को लागि आवेदन खुल्ला गरेको छ । एक बिज्ञप्ती सार्वजनिक गर्दै खुल्ला गरेको आवेदनमा १७ बर्षदेखि ३२ बर्ष ननाघेका युवाहरुले प्रतियोगीतामा सहभागिता जनाउने सक्ने उल्लेख गरिएको छ । प्रतियोगिताको अडिसन कार्तिक २५ देखि धनगढीबाट सुरु हुने पनि बिज्ञाप्तीमा उल्लेख छ । धनगढीपछि काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी लगायतको शहरमा समेत पहिलो चरणको अडिसन हुने आयोजकले जनाएको छ । 

देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगीतामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिकस्पिकिङ लगायतका दर्जन बढी बिषयको प्रशिक्षणमा सहभागी गराइने आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् । 

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुदै आएको नेपालको प्रतिष्ठित सौदर्य प्रतियोगिता हो । 

प्रतियोगीतामा सहभागीताको लागि आवेदन फर्म एक्सपोज नेपालको कुपन्डाल स्थित कार्यलय र वेभसाइटबाट पनि भर्न सकिनेछ । 

प्रकाशित :कार्तिक ७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×