मिस्टर नेपालीको ट्रेलर : दोहोरो भूमिकामा देखिए भुवन

- साप्ताहिक संवाददाता

कार्तिक ७, २०७६

अभिनेता भुवन केसी अभिनीत चलचित्र ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ । कार्तीक २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रमा भुवनले दुई भुमिकामा (नेगेटिभ र पोजेटिभ) भुमिकामा काम गरेको चलचित्रको ट्रेलर हेरेपछि थाहा हुन्छ ।

देव भुषालले निर्देशनमा तयार भएको मिस्टर नेपालीमा समावेश कथा, पटकथा र संवाद पनि उनकै हो । हाल उनी यो चलचित्रको प्रदर्शनका लागी नेपाल आउँदैछन् । उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । उनी केहि समयअघि चलचित्रको सुटिङ सकाएपछि फर्किएका थिए ।

यो चलचित्रमा भुवनसँगै रीमा विश्वकर्मा, बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, साहिल श्रेष्ठ, कुसुम राउतलगायतका कलाकारको अभिनय छ ।

निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा प्रेमराज दाहालले लगानी खर्चिएका हुन् । विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीतिलाई टेकेर हुने शोषणमा यो चलचित्र केन्द्रित छ ।

चलचित्रका निर्देशक भुषालले चलचित्र निकै राम्रो गराउने प्रयास गरेको बताए । उनले भने, ‘हामीले यो चलचित्रमा राष्ट्रियता, प्रेम र पारिवारिक कथालाई उठाउन खोजेका छौं । चलचित्र गज्जवको बनेको छ । एकपटक हेरिसकेका दर्शकले स्याबास् भन्नुहुनेछ ।’

प्रकाशित :कार्तिक ७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्