साप्ताहिक संवाददाता
कार्तिक ८, २०७६
काठमाडौं
पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित चलचित्र ‘पोइ पर्यो काले’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । यो चलचित्रको प्रदर्शनकै दिन पारेर उनीहरुको मुख्य भुमिका रहने अर्को चलचित्रको घोषणा गरिएको छ ।
आज काठमाडौँ स्थित भद्रकाली मन्दिरमा यो चलचित्रको सुभ–मुहर्त गरिएको हो, जुन प्रोजेक्ट पुर्ण प्रेम कथानक हुने निर्माण टिमले जानकारी दियो ।
दार्जिलिङ, सिक्किम र नेपाल लगायतका स्थनमा खिचिने यो चलचित्रलाई निमेष प्रधानले निर्देशन गर्नेछन् । आदित्य प्रधान र रेविका प्रधानले निर्माण चलचित्रमा सुनिल थापा, शिशिर राणा र सिक्किमकी नयाँ कलाकार चाँदनी प्रधानको पनि मुख्य भूमिका रहनेछ ।
आदित्य फिल्म्सको व्यानरमा निर्माण हुने ‘सम्झना बिर्सना’लाई शिव ढकालले खिच्नेछन् । यो चलचित्र तिहार मनाएपछि यहि २१ कार्तिकदेखि छायाँकनमा निस्कनेछ ।