साप्ताहिक संवाददाता
लामो समयदेखि विवादमा फसेका टेलिश्रृंखला सक्किगो नि र भद्रगोलबिच सहमती भएको छ । उनीहरुले बिगतमा भैरहेका विवादलाई यहि अन्त्य गरेर आगामी दिनमा दुबै पक्षले उक्त विषयलाई नउठाउने सहमती भएको सक्किगो नि का निर्देशक अर्जुन घिमिरेले बताए ।
उनले भने, ‘कलाकार र सर्जकको मिडिया हब प्रा.लि.ले सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रा.लि.को योगदान र सहयोगलाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका छौं ।’
प्रत्यक्ष अप्रत्यक्ष रुपमा मिडिया हब प्रा.लि.र सक्किगोनी सिरियलप्रती देखाएको माया र सद्भावप्रति दुबै टिमले सम्पुर्ण सुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।
भद्रगोलबाट छुटिएर सक्किगो नि संचालन गरेका अर्जुन घिमिरे र कुमार कट्टेलसहितको टिमले उहि क्यारेक्टर र उस्तै किसिमको पात्र दोहोर्याएको भन्दै भद्रगोल निर्माण गर्ने संस्था मिडिया हबले प्रहरीमा उजुरी दिएको थियो । उनीहरु केहि पटक प्रहरी कार्यालयमा विवादित विषयलाई टुंगोमा पुराउने प्रयास गरेका थिए । तर, विवादको टुंगो लाग्न सकेको थिएन ।