साप्ताहिक संवाददाता
कार्तिक ८, २०७६
काठमाडौं
बलिउडका सुपरस्टार शाहरुख खान बिहिबार भारतको राजधानी दिल्लीमा ट्राफिक जाममा फसे । केहि घण्टा जाममा फसेका उनी निकै रिसाए । तर, रिसाएर जाम खुल्ने त होइन । निकै संयमित भएर उनी पुग्नुपर्ने कार्यक्रममा स्थल पुगे ।
त्यहाँ पुगेपछि उनले मुस्कुराएर भने, ‘जे हुन्छ तपाईको दिल्लीमै हुन्छ । यो हाम्रो शहर हो ।’
एक कार्यक्रमको शिलशिलामा दिल्ली पुगेका उनले उक्त कार्यक्रममा सबैसँग माफी माग्दै ट्राफिक जामकै कारण ढिला हुन पुगेको बताए । सबैसँग क्षमा माग्दै उनले आफु समयमै निस्किएपनि जाममा पसेको उनको भनाई छ । उनले क्षमा माग्दा उपस्थित दर्शक शाहरुखको खुबै प्रशंसा गरेका थिए । कतिपयले भन्दैथिए, ‘अभिनेता हुनु त, शाहरुख जस्तो ।’