साप्ताहिक संवाददाता
कार्तिक ११, २०७६
अभिनेता तथा अभिनेत्रीका रूपमा नयाँ–नयाँ अनुहारले चलचित्रमा पदार्पण गरिरहेका छन् । यसबीच प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लभ यू हमेशा’ मार्फत दुई नयाँ अनुहार अभिनेत्री नेपाली रजतपटमा भित्रिँदैछन् । यशराज गराचसँग अनस्क्रिन रोमान्स गर्दै फिजा योञ्जन तथा ऋचा थापा अभिनेत्रीका रूपमा दर्शकमाझ आउन लागेका हुन् ।
त्रिकोणात्मक प्रेम कथामा आधारित यो चलचित्रमा फिजा र ऋचाले राम्रो सम्भावना देखाएको दार्जीलिङ निवासी चलचित्रका निर्देशक भाष्कर प्रधानको भनाइ छ । दोलखाकी स्थायी बासिन्दा फिजा यही चलचित्रमार्फत अभिनयमा आएकी हुन् भने कीर्तिपुरकी ऋचाले चलचित्रमा
आउनुअघि झन्डै दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।