साप्ताहिक संवाददाता
सर्वाधिक चासो र प्रतिक्षामा रहेको चलचित्र ‘घामड शेरे’को प्रदर्शनमा हेरफेर गरिएसँगै त्यसपछि प्रदर्शन हुने चलचित्रको रिलिज डेट प्रभावित बनेका छन् । सुरुमा ‘घामड शेरे’ कात्तिक ८ मा आउने भनिएको थियो । तर, यसको निर्माण टिमले शोज कम पाएको भन्दै आफ्नो प्रदर्शन मिति दुई साता पछि सारेको थियो ।
अब यो चलचित्र कात्तिक २२ मा प्रदर्शन हुने पक्का छ । ‘घामड शेरे’को प्रदर्शन सरेसँगै कात्तिक २२ मा प्रदर्शन हुने भनिएको चलचित्र ‘सरौतो’ कात्तिक २९ मा प्रदर्शन गर्ने तयारी भएको थियो । यो चलचित्र मंसिर १३ मा सार्वजनिक गर्ने निर्माण टिमको योजना छ ।
सरौतो टिमले भुवन केसी स्टारर मिस्टर नेपालीलाई प्रदर्शन मिति सार्न रिक्वेष्ट गरेको थियो । यद्यपी, मिस्टर नेपालीका निर्देशक देव भुषालले आफुले प्रदर्शनमा हेरफेर गर्न नसकिने बताएपछि सरौतो झन् पछि सरेको बुझिएको छ ।
कात्तिक २९ मा ‘मिस्टर नेपाली र माछा माछा’ प्रदर्शन हुने पक्का भएको छ ।