बलिउडका चर्चित पत्रकार फरदिन सहरयार यो हप्ता नेपालका विभिन्न पर्यटकिय स्थलको भ्रमण गरेका छन् । २५ अक्टुबर शुक्रबारका दिन आफ्नी श्रीमती आरेफा फरदिनसहित नेपाल आएका उनले लगभग एक हप्ताको बिदा नेपालमा खुलेर मनाएका छन् ।
अघिल्लो बर्ष एक्लै नेपाल आएका उनले आफु चाँडै अर्कोपटक नेपाल आउने बताएका थिए । त्यस क्रममा काठमाडौँका विभिन्न स्थलको भ्रमण गरेपनि आफु अर्को पटक आएर मज्जाले घुम्ने बताएका थिए । नेपाल संसारकै उत्कृष्ट देश हो, फरदिनले भने, ‘सोहि कारण यसपटक श्रीमतीसहित नेपाल आएको हुँ, उनीसँग घुम्दा निकै मज्जा आयो ।’
श्रीमती आरेफाको जन्मदिन विशेष पारेर नेपाल आएका उनले काठमाडौँमा उनको जन्मदिन सेलिब्रेट समेत गरेका छन् । यसपटकको घुमघाममा उनले माउन्टेन फ्लाइट मार्फत माउण्ट एभरेष्ट, अन्नपुर्ण घुमे । त्यस्तै, काठमाडौँस्थित पाटन, बौद्ध स्तुपा, पोखरास्थित पिस पगोडा, फेवाताल, बेगनास ताल, डेभिज फल्स, सराङकोट, घान्दु्रक र अल्ट्रा फ्लाइट मार्फत पोखराको आकाश घुमे । त्यसपछि उनी चितवन नेशनल पार्क, राप्ती नदी लगायत विभिन्न स्थल घुमघाम गरेका छन् ।
नेपाली विभिन्न परिकारमा रमाउँदै उनले आफ्नो सामाजिक सन्जालमा भिजिट नेपाल २०७६ लेख्दै प्रमोट समेत गरेका छन् । घुमघाम गरेका विभिन्न तस्विर लेख्दै उनले नेपालको खुलेर प्रशंसा गरेका छन् । समग्र घुमघाम सकेर काठमाडौँ फर्किएपछि उनले थपे, ‘वाह ! नेपाल ।’ फहरिदिनले नेपाल संसारको उत्कृष्ट देश रहेको बताए ।
बलिउडका अधिकांश कलाकारको अन्तरवार्ता लिएका फरदिन बलिउडको सर्वाधिक चर्चित अनलाइन बलिउड हंगामामा कार्यरत छन् । उनी बलिउडका प्रभावशाली पत्रकारको रुपमा लिइन्छ । झण्डैं २३ बर्षदेखि पत्रकारितामा सक्रिय उनले भारतका धेरै मिडियामा काम गरेको अनुभब छ भने पछिल्लो एक दशकदेखि उनी बलिउड हंगामाको कन्टेन्ट एडियटरको रुपमा कार्यरत छन् ।
यो पनि पढ्नुहोस्