दीपकराज गिरी, अभिनेता
सर्पोटिङ कलाकारका रूपमा कला क्षेत्रमा प्रवेश गरेर अहिले मुख्य कलाकारका रूपमा स्थापित हुनु भयो, सोच्नु भएको थियो यस्तो होला भनेर ?
यो त सोचाइभन्दा धेरै टाढाको कुरा हो, तर मत्रभित्र एउटा रहर हुन्छ नि त्यो त थियो । तँ साँच्चै मनैदेखि चाहना गर अनि चाहे अनुसारको कर्म पनि गर, म पुर्याएर देखाउँछु भनेर भगवानले भनेको कुरा जस्तै भएको छ ।
तर लामो समयसम्म त तपाईं हिरोको पछाडि नै लाग्नुभयो नि ?
सुरुवातमा म कमेडी तिर लागे । कमेडी तिर लागेपछि हिरोको पछाडी लाग्नुपर्यो तर भगवान्को कृपाले मसँग राइटिङ स्किल थियो, त्यो राइटिङ स्किलका कारण अघि बढ्न सहज हुँदै गयो । पछि ट्रेन्ड पनि कस्तो आयो भने, कपाल लामो पाल्ने, पाखुरा ठुलो हुने, तिघ्रा ठुलो हुने हिरो हुने भन्ने विस्तारै सोच परिवर्तन आउन थाल्यो । त्यसपछि मैले आफ्नो सम्भावना देखें । तितो सत्यबाट कमाएको अलि–अलि पैसा थियो । अनि आँटौ हिरो बन्ने बेला आयो भन्ने लाग्यो । स्क्रिप्टमा मेहनत गरे । त्यो हिसाबले यो उचाइमा पुगे ।
तपाईंलाई बाहिरका चलचित्रबाट अफर आएको छैन ? कस्तो चलचित्र तपाईको प्राथमिकतामा पर्छ ?
वर्षमा तपाईंहरूले मेरो एउटै फिल्म हेरिरहनुभएको छ, तर मलाई वर्षमा ७–८ वटा चलचित्रको अफर छ, अहिलेपनि दीपकले आफ्नो चलचित्रमा काम गरिदियोस् भन्ने थुप्रै हुनुहुन्छ । साथीहरूलाई म भन्छु म लगातार चलचित्र खेल्ने हिरो होइन, म त कथाले बनाएको हिरो हो, यसकारण मेरो कथा नै बलियो हुनुपर्छ । मेरो मुख्य ध्यान स्क्रिप्टमा हुन्छ ।
टिममा काम गर्नु भएको छ, बाहिर म्यासेज पनि टिममा काम गर्दा सफल भइन्छ भन्ने गइरहेको छ, तर टिमलाई मजबुत राख्न त अझ ठुलो चुनौती छ, टिममा झन्झट आएको छैन ?
म आफू मात्र अघि बढ्नेमा विश्वास गर्दिन, म त यहाँ पुगे, म त एक्लै चल्छु भन्ने भम्र पाल्दिन, म जुन स्क्रिप्ट हेर्छु म त छु तर त्यो कथामा मेरा साथीहरू छन् कि छैनन्, छैन भने निकालौ भन्ने सोच्छु । गु्रप टिकाउन आफ्ना बारेमा मात्र सोच्नु हुँदैन, स्वार्थी हुनु हँुदैन । ममाथि यो गुप्र टिकाउने चुनौती पनि छ, भगवानको कृपाले टिकिरहेको छ र टिक्छ पनि ।
दर्शकको माया पाइरहनु भएको छ, तर एकथरीले एकै प्रकारको कन्टेन भयो, यसले पछि गएर नेपाली चलचित्र क्षेत्रलाई असर गर्छ भन्ने गरेका छन् ?
यो चलचित्रमा त फरक नै छ, छक्का पञ्जा सम्म छक्का पञ्जा मात्र बनाइरहने हो कि भनिन्थ्यो । हामीले गौरव गर्ने कुरा नै के हो भने छ एकान छ देखि अहिलेसम्म आइपुग्दा हरेक फिल्मको कथा फरक–फरक छ । वडा नम्बर–६ पनि हाम्रै टिमले गर्यो, छक्का पञ्जा त नेपाली फिल्मको इतिहास नै भयो, शत्रुगते अलि फरक थियो । अब म छिट्टै एक्सन कमेडी गर्दै छु, म एउटै चिज दोहोर्याउँदिनँ,।