साप्ताहिक संवाददाता
कार्तिक १६, २०७६
विज्ञानका अनुसार सुपर मोडल बेला हदिद संसारकै सबैभन्दा सुन्दर महिला हुन् । ग्रिक गणितको गोल्डेन रेसियो अफ ब्युटी पीएचआई स्टान्डर्ड अनुसार पृथ्वीकै सबैभन्दा सुन्दर महिलामा वैज्ञानिकहरूले बेला हदिदलाई पहिलो स्थान दिएका हुन् । गोल्डेन रेसियो अफ ब्युटी पीएचआई स्टान्डर्डले क्लासिक ग्रिक क्यालकुलेसनको सर्तअनुसार सौन्दर्यको यो मूल्यांकन गरिएको बताइएको छ ।
यो परिभाषाअनुसार २३ वर्षीया बेला हदिद ९४ दशमलव ३५ प्रतिशत सटिकताका साथ पहिलो स्थानमा छिन् । दोस्रो स्थानमा गायिका बियोन्से छिन् । उनको सटिकता ९२ दशमलव ४४ प्रतिशत छ । यो सूचीको तेस्रो स्थानमा ९१ दशमलव ८५ प्रतिशत सटिकताका साथ हलिउड नायिका अम्बर हर्ड छिन् ।