साप्ताहिक संवाददाता
नेपाली चलचित्रका अभिनेता सुशील श्रेष्ठले हिरो भएपछि मात्र अभिनय सिके । किनभने उनलाई एकैचोटि चलचित्रको अफर आएको थियो । ‘त्यतिबेला म म्यान हन्टमा थिए । सुनिल दाइले फोटोहरू हेर्नुभयो । मलाई लव नम्बरका लागि अफर आयो । डेनमार्कमा सुटिङ थियो । मौसमले गर्दा सुटिङ भएन । त्यसपछि मलाई होस्टेल रिटन्र्सबाट अफर आयो,’ श्रेष्ठले बताए । उनले होस्टल रिर्टन्समा काम गरे ।
चलचित्रले सफलता पायो, तर उनी आफू भने खुसी थिएनन् । किनभने उनले चलचित्रमा आफ्ना कमजोरीहरू फेला पारे । ‘मेरा गड फादर कोही थिएनन् । मलाई अभिनयमा गाइड गर्ने कोही थिएन । एक्टिङका बारेमा थाहा थिएन । सबैको सोच हिरो बन्ने भन्ने हुन्छ, मेरो पनि थियो । इन्ट्रीसमेत भएँ । आफ्नो अभिनय हेरें । गल्ती देखें, त्यसैले खुसी थिइनँ ।’ उनले थपे । त्यसपछि उनले अभिनय सिक्ने निचोडमा पुग्दै एक्र्टस स्टुडियो ज्वाइन गरे । त्यही बेला सायद–२ बाट अफर आयो । सायद–२ को सुटिङ सकिएलगत्तै उनले कारखानामा काम गरे । बिस्तारै उनको अभिनयमा सुधार हँुदै आयो ।
कात्तिक १५ गते प्रदर्शनमा आएको बादशाह जुटपछि उनको अर्को चलचित्र लब डायरी आउँदैछ । सुशील ९५ केजीका थिए, चलचित्र बादशाह जुटका लागि उनले १२ केजी तौल घटाए भने लव डायरीका लागि उनले आफ्नो तौल बढाएका थिए ।