साप्ताहिक संवाददाता
कार्तिक १७, २०७६
केही दिनअघि आफ्नो विवाहको नक्कली निमन्त्रणा पत्र सार्वजनिक भएलगत्तै आलिया भट्ट र रणवीर कपुर विवाह गर्नेे निर्णयमा पुगेको समाचार सार्वजनिक भएको छ । दुवैको पारिवारिक सूत्रका अनुसार उनीहरूबीच नोभेम्बरको पहिलो साता विवाह हुन सक्छ । आलिया र रणवीरको विवाहको औपचारिक कार्यक्रम फ्रान्समा हुनेछ भने रिसेप्सन पार्टी मुम्बईमा हुने बताइएको छ ।
मुम्बई रिसेप्सनका लागि कपुर परिवारले सेफ ऋतु डालमियालाई क्याटरिङसँग सम्बन्धित जिम्मेवारी दिएको बताइन्छ । आलिया र रणवीर दुवै अहिले चलचित्र ब्रह्मास्त्रको सुटिङ प्याकअप गरेर लन्डनमा छुट्टी मनाइरहेका छन् ।