साप्ताहिक संवाददाता
कार्तिक १७, २०७६
हलिउडका एक्सन स्टार विन डिजल लामो समयपछि चलचित्रमा देखा पर्ने भएका छन् । समाचारअनुसार विनले सुपर हिरोको कथामा आधारित ब्लड सट शीर्षकको चलचित्रमार्फत पुनरागमन गर्न लागेका हुन् । यो चलचित्रको सुटिङ लगभग सकिएको र यसमा विनले मरिसकेको पात्र फेरि फर्केर आफ्नो अधुरो अभियानलाई पूरा गर्ने भूमिका निर्वाह गरेको बताइन्छ ।
चलचित्रका निर्देशक डेभ विल्सनका अनुसार यो चलचित्रका मुख्य पात्र सिपाही रेको भूमिकाका लागि नानो प्रविधिको प्रयोग गरिएको छ । स्मरणीय छ ब्लड सटको चरित्र यसअघि सन् १९९२ मा शृङ्खलाबद्ध कमिक्सका रूपमा प्रचलनमा आएको थियो, जुन पात्र त्यतिबेला अमेरिकी बालबालिकाहरूमा निकै लोकप्रिय थियो ।