साप्ताहिक संवाददाता
कार्तिक १८, २०७६
अभिनेत्री पूजा शर्माले अभिनेता आकाश श्रेष्ठसँग आफ्नो सम्बन्ध असल साथीका रूपमा मात्र सिमित भएको स्पष्ट पारेकी छिन् । चलचित्र ‘पोइ पर्यो काले’ मा पूजा र आकाशले अनस्क्रिन रोमान्स गरेका छन् । त्यसो त त्यसअघि पनि उनीहरू दुवैले स्क्रिन सेयर गर्दै आएका छन् ।
वास्तविक जीवनमा समेत उनीहरूलाई प्राय: सँगै देखिन्छ । यिनै कारणले चलचित्रवृत्तमा पूजा र आकाश एक–अर्काको प्रेममा भएको चर्चा चलेको थियो । हालै एक सार्वजनिक समारोहमा पूजा भन्दै थिइन्— ‘आकाशसँग मेरो केमेष्ट्रि सुहाउने भएकाले बजारमा हाम्रो प्रेमको चर्चा चलेको हुनसक्छ ।’ पूजाले भनेकी छिन्— ‘हामी प्रेममा छैंनौं । आकाश र म मिल्ने साथीमात्र हौं ।’