साप्ताहिक संवाददाता
बलिउडमा जोडी बन्ने क्रम चलिरहन्छ । जोडी जसरी बन्छ त्यसरी नै टुट्छ पनि । बलिउडमा कार्तिक आर्यन र सारा अलि खानको जोडी चर्चामा थियो, तर केही साताअघि उनीहरूबीच बिना कुनै खटपट अचानक गतिरोध सिर्जना भएपछि उनीहरूले अलग–अलग बाटो रोजे । उनीहरूको यो निर्णयमा व्यक्तिगत सोचभन्दा पनि चलचित्रमा देखिएको व्यस्ततालाई जिम्मेवार मानियो ।
यद्यपि कात्तिक र साराबीच अनन्या पाण्डे आएपछि उनीहरूको सम्बन्धमा विश्राम लागेको हो । कार्तिक र साराको रोमान्स उत्कर्षमै रहेका बेला अनन्याले कार्तिकसँग पति, पत्नी और वह नामक चलचित्रमा अभिनय गर्ने मौका पाएकी थिइन् । त्यसपछि अनन्याले आफूले कार्तिकलाई हुकअप गर्न चाहेको विवादास्पद बयान दिएकी थिइन् ।
अनन्याको यस्तो बयानपछि झस्किएकी साराले कार्तिकलाई सोझो शब्दमा आफू वा अनन्यामध्ये एकलाई रोज्न आग्रह गरेपछि कार्तिकले अनन्यालाई रोजेको बताइन्छ । रमाइलो कुरा पति, पत्नी और वह मा पनि अनन्या वहकै अर्थात् कार्तिकसँग विवाहेत्तर सम्बन्ध निर्वाह गर्ने युवतीको भूमिकामा छिन् ।