प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट  कराँते प्रतियोगिता हुने

- साप्ताहिक संवाददाता

कार्तिक १८, २०७६

नेपाल क्योकुसिन–सेइसिन काइकान कराँते संघले आगामी पुस १८ र १९ गते प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट कराँते प्रतियोगिता–२०७६ आयोजना गर्ने भएको छ । संघले उक्त अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाल भ्रमण वर्ष–२०२० लाई समेत टेवा पुर्‍याउने जनाएको छ । 

नेपाल क्योकुसिन–सेइसिन काइकान कराँते संघका अध्यक्ष तथा नेपाल शाखा प्रमुख सिहान अशोककुमार श्रेष्ठका अनुसार प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय पुरुष तथा महिला फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा विभिन्न ७/७ तौल समुह गरी जम्मा १४ समूहमा प्रतियोगिता सञ्चालन गरिनेछ ।

प्रतियोगितामा नेपाल, भारत, जापान, फिलिपिन्स, स्पेन, मोरोक्को, श्रीलंका, कम्बोडिया, बंगलादेश, चीन, उरुग्वे, इटाली, स्वीजरल्यान्ड, पाकिस्तान, इन्डोनेसिया, बेलायत, इरान, नेदरल्यान्ड, ब्राजिल, चिली, अस्ट्रेलिया, अल्जेरिया, आर्मेनिया, भुटान, जर्मनी, दक्षिण अफ्रिका, थाइल्यान्ड गरी कम्तिमा २५ देशका पुरुष तथा महिला खेलाडीहरू गरी करिब ६ सय जना खेलाडीहरूको सहभागिता रहने बताइएको छ । 

प्रतियोगितामा सहभागी खेलाडीहरूले १४–१४ वटा स्वर्ण, रजत तथा कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेता खेलाडीहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारहरू व्यवस्था गरिएको छ भने मुख्य आकर्षकका रूपमा खुल्ला तौल समूहमा खेल्ने स्वर्ण पदक विजेता पुरुष तथा महिलालाई १ लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । उक्त प्रतियोगिताको इभेन्ट व्यवस्थापन एन.एफ.एच. इभेन्ट्सले गर्ने बताइएको छ । 

प्रकाशित :कार्तिक १८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्