साप्ताहिक संवाददाता
कार्तिक १९, २०७६
भारतका क्रिकेट खेलाडीहरूले चलचित्रकी अभिनेत्रीहरूसँग लगनगाँठो कस्ने चलन पुरानै हो । शर्मिला टैगोरदेखि अनुष्का शर्मासम्मको कथा हामी सबैलाई थाहा छ । यो शृंखलामा जोडिन आइपुगेकी छिन् दक्षिण भारतकी चर्चित अभिनेत्री अश्रिता सेट्टी ।
इन्द्रजित, उदयम एनएचफोर, ओरु कन्नियम, मुनु कलाबानीकलुम जस्ता चर्चित तमिल चलचित्रमा अभिनय गरिसकेकी अश्रिताले आफ्ना बरका रूपमा भारतीय क्रिकेट टिमका मध्यक्रमका ब्याट्सम्यान मनिष पाण्डेलाई रोजेकी छिन् । यी दुईको विवाह आगामी डिसेम्बर २ र ३ मा मुम्बईमा हुने बताइएको छ ।