साप्ताहिक संवाददाता
कार्तिक १९, २०७६
मृत व्यक्तिहरूको आत्मालाई देश, समाज तथा धर्मअनुसार फरक–फरक किसिमले सम्झने परम्परा छ । पश्चिमी क्रिष्टियनहरूले सन्त हलोज एवं आफ्ना पूर्खाहरूलाई सम्झने परम्परा हलोविन अहिले विभिन्न देशमा समेत अनुशरण हुन थालेको छ ।
कतिपय स्थानमा परम्पराअनुसार हलोविन मनाइन्छ भने कतिपय देश तथा समाजमा यसलाई उत्सवका रूपमा मनाइएको पाइन्छ । यो वर्षको हलोविन पर्व हिजो बिहीवार अक्टुबर ३१ तारिखमा विभिन्न देशमा मनाइयो ।
यो पर्व मनाउनेहरू भूतको जस्तो पहिरन लगाउँछन्, पाकेको फर्सीमा विभिन्न आकृति बनाउँछन्, एकान्तमा आगो बाल्छन् अनि आत्मासँग सम्बन्धित कथाहरू सुनाउँछन् ।